काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा २०२० र एन्टीजेनमा ५०५ गरी २५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ९९०९ पीसीआर र ४९०१ एन्टीजेन परीक्षण भएका छन।मन्त्रालयका अनुसार सोही समयमा २०८६ जना संक्रमणमुक्त भएका छन्। यस्तै संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ।
यस्तै कर्णाली प्रदेशमा कोरोना संक्रमणको जोखिम कायमै छ । प्रदेशका विभिन्न जिल्लामा दैनिक ठूलो संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् । मंगलवार थप ८० जनामा संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार चार सय आठ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सुर्खेतमा ३०, रुकुम–पश्चिममा २२, दैलेखमा ११, कालीकोटमा आठ, मुगुमा तीन, सल्यानमा दुई तथा हुम्ला र जुम्लामा एक÷एक र अन्य प्रदेशका तर कर्णालीमै रहेका दुई जनामा संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ ।योसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३२ हजार एक सय ४६ पुगेको छ ।