सुर्खेत । रास्कोट नगरपालिका–३ सागाटियाकी १८ वर्षीय गर्भवती संगीता सार्कीको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । संगीतालाई सुत्केरी व्यथा लागेपछि रास्कोटस्थित सिपखाना स्वास्थ्य चौकीमा सोमबार भर्ना गरिएको थियो ।
स्वास्थ्य चौकीले सुत्केरी गराउन नसक्ने भएपछि उहाँलाई बुधबार रास्कोट अस्पताल लगिएको हो । अस्पतालले उमेर कम भएकाले सुविधा सम्पन्न अस्पतालमा लैजान भनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत उद्धार गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका राष्ट्रपति महिला उत्थान समन्वय इकाइका प्रमुख उपसचिव गोमा पौडेल ढकालले जानकारी निुभयो ।
उहाँकाअनुसार पालिका र स्थानीय प्रशासनले तत्काल उद्धार गर्न भनेपछि ज्यान जोखिममा रहेका महिलाहरुको तत्कालै हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो । सरकारले तत्काल हेलिकोप्टरबाट उद्धार गरेर आमा र बच्चाको ज्यान जोगिने अपेक्षा राखेको संगीताका श्रीमान जंग सार्कीले बताउनुभयो ।संगीतालाइ कर्णाली प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएको छ ।