☰ open Loading... 19 November 2024|  

दैलेखका स्थानीय तह बाट मात्रै ४६ करोड बेरुजु
  | १० भाद्र २०७८, बिहीबार ०५:५६

दैलेख – दैलेखका स्थानीय तहमा झण्डै ४६ करोड रुपैयाँ बढि बेरुजु देखिएको छ । महालेखा परीक्षक महालेखा परीक्षकका अनुसार जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकामा ४६ करोड १५ लाख रुपैयाँ बेरुजु निस्किएको हो । ११ स्थानीय तहमध्ये सबैभन्दा बढि ठाटीकाँध गाउँपालिकामा बेरुजु देखिएको छ । १ अर्ब २५ करोड ७३ लाख ३८ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा ठाटीकाँधमा १० करोड १३ लाख २५ हजार रुपैयाँ बेरुजु निस्किएको छ । सबैभन्दा कम भगवतीमाई गाउँपालिकामा बेरुजु देखिएको छ ।१ करोड ८३ लाख १७ हजार रुपैयाँ बेरुजु देखिएको छ । गाउँपालिकाको ९६ करोड १७ लाख ६३ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा उक्त रकम बेरुजु देखिएको हो ।

यस्तै आठबीस नगरपालिकाले ८१ करोड ९३ लाख दुई हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा नगरपालिकामा २ करोड ६८ लाख ६७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।गुराँस गाउँपालिकाले लेखापरीक्षण गराएकोमा ८९ करोड ५ लाख ३८ हजार रुपैयाँमा ५ करोड ४४ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाले लेखापरीक्षण गराएको ९४ करोड ५६ लाख २९ हजार रुपैयाँमा २ करोड ६८ लाख ६३ हजार रुपैयाँ बेरुजु निस्किएको छ । ७४ करोड ४५ लाख ५ हजार रुपैयाँको लेखापरीक्षण गराएको डुङ्गेश्वर गाउँपालिकामा २ करोड ९१ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
१ अर्ब ५० करोड ५३ लाख ५३ हजार रुपैयाँको लेखापरीक्षण गराएको दुल्लु नगरपालिकामा  ४ करोड ४० लाख ७० हजार रुपैयाँ बेरुजु निस्किएको छ । नारायण नगरपालिकाले लेखापरीक्षण गराएको १ अर्ब ११ करोड ८६ लाख २० हजार रुपैयाँमा ४ करोड २७ लाख ३ हजार रुपैयाँ बेरुजु देखिएको छ ।यस्तै नौमूले गाउँपालिकामा ३ करोड ४६ लाख १६ हजार, महाबु गाउँपालिकामा ३ करोड २६ लाख ८५ हजार र भैरबी गाउँपालिकामा ३ करोड ९५ लाख २२ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौमूलेले ७८ करोड ७८ लाख ५३ हजार, महाबुले ७९ करोड २ लाख १ हजार र भैरबीले ८५ करोड ९६ लाख १९ हजार रुपैयाँको लेखा परीक्षण गराएका थिए ।