| १० भाद्र २०७८, बिहीबार ०६:०२
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणको जोखिम कायमै छ । प्रदेशका विभिन्न जिल्लामा दैनिक ठूलो संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् । मंगलवार थप ८० जनामा संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार चार सय आठ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सुर्खेतमा ३०, रुकुम–पश्चिममा २२, दैलेखमा ११, कालीकोटमा आठ, मुगुमा तीन, सल्यानमा दुई तथा हुम्ला र जुम्लामा एक÷एक र अन्य प्रदेशका तर कर्णालीमै रहेका दुई जनामा संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ ।योसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३२ हजार एक सय ४६ पुगेको छ ।