काठमाडौं । कोभिड–१९ बाट बिहीबार २६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ । यो कूल संक्रमितको १ दशमलव ५ प्रतिशत हो ।त्यस्तै बिहीबार २४ सय ३३ संक्रमित थपिएका छन् । जुन पीसीआर परीक्षणको २१ दशमलव १६ प्रतिशत हो । अहिलेसम्म पीसीआर परीक्षणबाट ७ लाख ५४ हजार ९ सय १५ तथा एन्टिजेन परीक्षणबाट ८१ हजार ९ सय ३८ जना संक्रमित पाइएको छ ।
बिहीबार १९ सय २९ जनालाई निको भएको छ । अहिलेसम्म कूल संक्रमितको ९३ दशमलव ५ प्रतिशतलाई मात्र निको भएको छ । अहिलेसम्म ४९ लाख ८६ हजार ८ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएकामा तीमध्ये ३९ लाख ४९ हजार ५ सय २९ जनाले दुवै डोज खोप लगाएका छन् ।
हाल ३८ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौं उपत्यकाका मात्र १० हजार २ सय ८५ जना हुन् । बिहीबारमात्रै ७ सय ३३ जना थपिएका छन् । जसमा काठमाडौंका ५ सय ६१, ललितपुरका १ सय ६ तथा भक्तपुरका ६६ जना हुन् ।उपत्यकामा संक्रमित निरन्तर बढिरहे पनि स्थानीय प्रशासनले भने गम्भीर चासो नदिँदा स्थिति भयावह बन्दै गएको छ । नाम मात्रको निषेधाज्ञाका कारण पनि कोरोना संक्रमण घट्ने सम्भावना देखिएको छैन ।