☰ open Loading... 26 January 2025|  

जबरजस्ती करणी आरोपमा तीन जना पक्राउ
  | १२ भाद्र २०७८, शनिबार ०७:४०

 

जुम्ला -जबरजस्ती करणीमा संलग्‍न तीन जनालाई प्रहरीले प्रकाउ गरेको छ।जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका ९ बस्ने २० वर्षीय विशाल सार्की सोही ठाउँका २० वर्षकै कमल सार्की र तिला(८ बस्ने २८ वर्षीय जीवन रावतलाई प्रकाउ गरेको हो।

भदौ ७ गते राति ११ बजेको समयमा तातोपानी गाउँपालिका१ बाइराकी १८ वर्षीया एक किशोरीलाई पाल्ताडाँडामा रहेको जग्गन्नाथ मन्दिरमा मेला हेर्न गएको अवस्थामा पीडितको मोबाइल खोसेर फिर्ता दिने बहानामा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा उनीहरूलाई प्रकाउ गरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी नविन थापा मगरले बताए।

पीडितको मोबाइल खोसेर भागी त्यही मोबाइल फिर्ता दिने बहानामा तातोपानी गाउँपालिका(१ बाइराका पाल्ताडाँडा बोलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरी दिएको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए।

उनले भने, ‘निजहरूलाई कारबाही गरी पाऊँ भनी प्रहरी कर्यालय जुम्लामा जाहेरी परेको थियो। प्रहरीले जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान थालेको छ।‘ प्रहरीले जिल्ला अदालत जुम्लाबाट दिन ५ को म्याद थपको अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

त्यस्तै, प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा तिला गाउँपालिकाका एक जनालाई पनि प्रकाउ गरेको छ। तिला गाउँपालिका(६ बस्ने ४५ वर्षीया बोल्न र सुन्न नसक्ने एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षीया जीवन रावतलाई प्रकाउ गरिएको हो।