| १३ भाद्र २०७८, आईतवार ०६:२१
सल्यान- सल्यानमा पछिल्यो समयमा जबरजस्ती करणीका बढ्दै गएका छन् ।जिल्ला अदालतको तथ्याङ्क अनुसार पछिल्लो दुई वर्षमा ७० जबरजस्ती करणीका घटना भएका हुन ।आर्थिक वर्ष २०७६÷२०७७ मा २४ र गत आर्थिक वर्ष २०७७र०७८ जबरजस्ती करणीका घटना भएको सल्यान अदालत सल्यानका श्रेष्टेदार हेमन्त ज्ञवालीले बताए ।
उहाँका अनुसार आ।व।०७६र०७७ २४ घटनामा १० फच्यौट भएका छन् भने गत आ।व।मा ४६ घटनामा २६ फच्यौट भएका छन् । अन्य वर्षहरूको भन्दा कोरोनाले ग्रस्त भएका दुई वर्षमा करणीका घटनामा वृद्धि आएको छ । उमेरमा विवाह, अशिक्षा, जनसङ्ख्याको वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, सांस्कृतिक विचलन जस्ता कारण यसका प्रकारका घटनामा वृद्धि आएको ज्ञवालीले जानकारी दिए ।