☰ open Loading... 16 November 2024|  

कर्णालीमा कोरोनाका कारण दुई जनाको मृत्यु
  | १४ भाद्र २०७८, सोमबार ०६:२१

कर्णाली प्रदेशमा कोरोना कारण थप दुई जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोना संक्रमित उनीहरूको आइतवार ज्यान गएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन सय ६८ पुगेको छ ।

यस्तै, आइतवार ४२ जनामा संक्रमण पुष्टि भएको छ । आरटी–पीसीआर र एन्टिजेन विधिबाट पाँच सय १५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । योसहित प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय ९७ रहेको निर्देशनालयले जनाएको छ । आइतवार नै प्रदेशभर एक सय नौ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ३० हजार दुई सय २१ पुगेको छ । अहिलेसम्म कर्णालीमा ३२ हजार चार सय २८ जनामा संक्रमण देखिएको छ ।