| १४ भाद्र २०७८, सोमबार ११:०४
सुर्खेत । नेकपा एमाले दैलेखको जिल्ला भेला भदौ १६ गते बुधबार आयोजना हुन लागेको छ । एमालेका संरचना २०७५ जेठ दुईमा पुगेसँगै दैलेखमा कर्णालीमै पहिलोपटक जिल्ला भेला हुन लागेको हो ।
भेलालाई एमाले उपाध्यक्ष एवं कर्णाली इन्चार्ज युवराज ज्ञावली र सह-इन्चार्ज यामलाल कँडेलले सम्बोधन गर्न लागेका हुन्।
एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लामा एकता भेला सुरु गरेको अध्यक्ष गोरख बोगटीले बताए । उनका अनुसार सुर्खेतमा १७ भदौमा भेला आयोजना गरिएको छ । हरेक जिल्लामा भेलाको आन्तरिक तयारी तीव्र रुपमा सुरु भइसकेको उनको भनाइ थियो ।