☰ open Loading... 16 November 2024|  

नेपाल उत्पीडित जातीय मुक्ति समाजको जिल्ला स्तरीय भेला सम्पन्न, सबै एकजुट हुन जोड
  | १४ भाद्र २०७८, सोमबार २०:०९

दैलेख -नेपाल उत्पीडित जातीय मुक्ति समाजको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ । “जातपात र छुवाछुत प्रथाको पूर्ण अन्त्य, समतामूलक समाजको निमार्ण हाम्रो लक्ष्य” भन्ने मूलनाराका साथ नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखका जिल्ला अध्यक्ष रविन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा नेपाल उत्पीडित जातीय मुक्ति समाजको जिल्ला स्तरीय भेला  सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष रविन्द्रराज शर्माले आफूहरु पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताएका छन्।माधव नेपाल पक्षले धेरै पहिलेदेखि नै पार्टी फुटाउन खोजेको उनले आरोप लगाए । साथै उनले नेपालमा फुटेको पार्टीको भविष्य राम्रो नहुने दाबीसमेत गरे ।हामी यो पार्टीका कार्यकर्तालाई लाखापाखा हुन दिँदैनौँ । एकताबद्ध बनाउँछौं । सही विचारको पक्षमा उभिने बनाउँछौं ।”स्थानीेयदेखि केन्द्रीयसम्म सबैको सोचलाई परिवर्तन गरी एकताबद्ध भई अगाडी बढ्न सबैलाई उनले आग्रह गरे ।

यस्तै मुक्ति समाजका जिल्ला अध्यक्ष शसिराम विश्वकर्माले नेपाल उत्पीडित जातीय मुक्ति समाज विशेष गरी दलित समुदायको मुक्तिका लागि नेता संगठन भएको बताएका छन् ।यो संगठनले आर्थिक, सामाजिक भौतिक लगायत कोरोना कहरको चुनौती खेप्दै अगाडी बढेको उनले बताए । त्यस्तै आगामी दिनमा यो संगठनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा पनि छलफल भएको थियो । सो भेलामा बोल्ने अधिकांश वक्ताहरुले विगतका दिनमा भएका कमिकमजोरीलाई मनन गर्दै भविष्यको दिनमा दलित समुदायको मुक्तिका लागि एकजुट हुन जोड दिए ।कार्यक्रममा नेकपा एमालेका केन्दिय सदस्य लोमन शर्मा, शुर्य बहादुर शाही,तप्ता कुमारी थापा ,लगायत शीर्ष नेतृत्वको समेत विशेष उपस्थिति रहेको थियो ।