दैलेख, भाद्र १४ – सिद्धपाईला अर्थात शिवले पाईला टेकेको स्थान ! सुनसान डाँडाँमा एकान्त, शान्त बातावरण अनि शिवले टेकेको पाईला आंकृतिमा संदियौंदेखी मन्दिर भित्र संरक्षण गरेर राखीएको ठाउँ ‘सिद्धपाईला’ ।
धेरैले सुनेको देखेको तर यसको महत्व थाहा नपाएको गुमनाम शक्ति पिठ सिद्धपाईला मन्दिरबारे अनौठो तथ्यहरु रहेका छन् । भगवान शिवले पाईला टेकेका ३ स्थान मध्ये एक जसलाई सिद्धपाईला मन्दिर हो । जानकारका अनुसार गोसाईकुण्ड, मानसरोवरपछि विरेन्द्रनगर नगरपालिका –१४ सिद्धपाईला मन्दिर पनि एक हो । यहाँ आउने भक्तजनहरुमा शिवको पाईला दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास छ ।
सुर्खेतदेखी दैलेख जाँदा सडकमाथि रहेको सिद्धपाईला मन्दिर शिव भक्तहरुका लागि ठुलो शक्ति पिठ रहेको विश्वास गरिन्छ । यहाँ आएर बर मागे पुग्ने विस्वास छ । सडक नजोडिदैं दैलेख–सुर्खेत हिड्नेहरु यहि मन्दिर भएर हिड्र्थे । मन्दिरको महत्व निकै थियो । तर, सडक तलबाट गएसंगै मन्दिर दर्शन गर्न आउनेको संख्या ह्वातै घट्यो । दिनानु दिन मन्दिर जिर्ण हुँदै जाँदा त्यहाँ रेखदेख (पुजा अचना) गर्ने ६४ बर्षिया हरिकला भटट्राई दत्तचित्त भएर मन्दिर कुरेर बसेकी छिन् । ‘यहाँ ठुलो शक्ति छ ।’ पुजा अचना गर्दै आएकी भटट्राई भन्छिन् ः दुःख कष्ट भएकाहरु यहाँ आएर बर मागे पुरा हुने विश्वास रहदै आएको छ ।’ हरिकला भटट्राईले सरकारले एकल महिलालाई उपलब्ध गराएको भत्ताबाट मन्दिरको सरसफाई तथा पुजाआरधना लगायतको खर्च ब्यहोदै आएकी छिन् ।
शिवको पाईला भएको हुँदा पनि आफैमा महत्वपूर्ण भएता पनि भक्तहरुमाँझ प्रष्ट नपुगेकाले ओझेलमा रहेको मन्दिरको रेखदेख गर्दै आएकी हरिकला भटट्राईले बताईन् । कर्णाली सरकारमा बसेका जिम्मेवार ब्यक्तिहरुद्धारा बेलाबेलामा मन्दिर दर्शन गर्न जाँदा मन्दिरको जिर्ण उद्धार गरि धार्मीक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए पनि बोलिमा सिमित रहेको स्थानीय कालिबहादुर बस्नेतले बताए । मन्दिर जिर्ण हुुदाँ सामानहरु चोरी हुने गरेको छ । विरेन्द्रनगरका स्थानीय यूवाहरुले फलामको मुल ढोका र घण्टी जोडेका छन् । मन्दिर जिण भएकाले पुर्ननिर्माण गर्ने स्थानीयहरुको भनाई छ ।