☰ open Loading... 16 November 2024|  

कर्णाली प्रदेशमा थप६८ जनामा संक्रमण
  | १५ भाद्र २०७८, मंगलवार ०५:२३

सुर्खेत -कर्णाली प्रदेशमा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सोमवार पाँच सय ६० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । सुर्खेतमा ३१, जुम्लामा २३, रुकुम–पश्चिममा ६, मुगु र जाजरकोटमा दुुई÷दुई तथा दैलेख, सल्यान र कालीकोटमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ सय ९२ रहेको छ । सोमवार थप एक जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । कर्णालीमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन सय ६९ पुगेको छ ।