☰ open Loading... 5 February 2025|  

बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दो
  | १५ भाद्र २०७८, मंगलवार ०५:३४

 

सल्यान । जनचेतनाको अभाव ,वैदेशिक रोजगार र श्रीमान्श्रीमतीबीच अविश्वास जस्ता कारणले गर्दा कारण सल्यानमा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । वैदेशिक रोजगारमा पुरुषहरू खाडी मुलुक गएपछि महिलाहरू स्वतन्त्र हुन खोज्नु, गरिबी तथा अशिक्षाको कारण सानैमा छोरीको विवाह गरिनु, पतिपत्नीले एकअर्कालाई बुझ्न नसक्नु बहुविवाह तथा सम्बन्ध विच्छेदका कारण भएको सरोकारवालाहरूको ठम्याइ रहेको छ ।
सल्यान जिल्ला अदालतको तथ्याङ्कका अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा २२९ सम्बन्ध विच्छेद र बहुविवाहका ३७ घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा बहुविवाह २८ र सम्बन्ध विच्छेद १०८ रहेका थिए ।

महिला तथा पुरुषबीच अविश्वासको खाडल बढ्दै जानु, प्रविधिको विकास जस्ता कारण जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेद र बहुविवाहका घटना बढ्दै गएको सल्यान जिल्लाका अदालतका श्रेष्तेदार हेमन्त ज्ञवालीले बताए । कम उमेरमा विवाह, इन्टरनेट र सामाजिक सञ्जालको चरम दुरुपयोग, वैदेशिक रोजगार, धर्म प्रति अविश्वास आदी कारण जिल्लामा यस प्रकार घटना बढेको ज्ञवालीको भनाई छ ।