☰ open Loading... 5 November 2025|  

पार्टी सञ्चालन गर्न जानेनौं एमाले उपाध्यक्ष ज्ञवाली
  | १७ भाद्र २०७८, बिहीबार ०५:२२

दैलेख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकार र पार्टी सञ्चालन गर्न नजानेकै कारण दुर्घटना भएको स्वीकारेका छन् । नेकपा एमाले दैलेख जिल्ला कमिटीले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै कर्णाली प्रदेशका संयोजकसमेत रहेका ज्ञवालीले भने– बहुमत हाम्रा लागि भारी भयो, सदुपयोग गर्न जानेनौं ।’

उपाध्यक्ष ज्ञवालीले विगतका कमजोरी स्वीकार्दै आगामी दिनमा अघि बढ्नुपर्ने तर्क गरे । ‘विगतका कमजोरीबाट शिक्षा लिन आवश्यक छ । सुधार गर्नुपर्ने स्थानमा सुधार गर्न आवश्यक छ’, उनले भने, ‘बहुमत ल्याउनका लागि फेरि पनि अन्य पार्टीसँग मिल्न जरुरी हुनसक्छ ।’

नेकपा एमालेका कर्णाली प्रदेश सहसंयोजक यामलाल कंडेलले विगत भूलेर नयाँ उर्जाका साथमा कम्युनिष्ट आन्दोलन बलियो बनाउने अभियानमा होमिन आह्वान गरे ।