☰ open Loading... 29 September 2025|  

कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जना पक्राउ
  | १७ भाद्र २०७८, बिहीबार ०५:३०

सल्यान – सल्यान प्रहरीले कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। जाजरकोट नलगाड नगरपालिका–४ का २८ वर्षीय गणेश रावल कटुवा र गोलीसहित पक्राउ परेका हुन् ।

भारतीय नम्बर प्लेटको सी एच ०१ बी पी २१९४ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाएर राखेको कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित उनलाई सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा सल्यान प्रहरीले बुधबार बिहान १० बजे पक्राउ गरेको हो।

पश्चिम सल्यानको इलाका प्रहरी कार्यालय सल्लीबजारको चेक पोइन्टमा जाँचका लागि उनले मोटरसाइकल नरोकी भागेका थिए। चेकपोस्टमा भारतीय नम्बर प्लेटको मोटरसाइकल रोक्न खोज्दा भागेपछि प्रहरीले उनको पिछा गरी एक किलोमिटर पर सल्लीबजारको माथिल्लो मोडबाट पक्राउ गरेको थियो।