| १७ भाद्र २०७८, बिहीबार ०५:३७
कर्णाली प्रदेशसभाका तीन जना सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । यसअघि नेकपा (एमाले) रहेका सांसदहरूले पार्टी विभाजन भएसँगै समाजवादीको पक्षमा सनाखत गरेका हुन् । उनीहरूले बुधवार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर समाजवादी पार्टीको पक्षमा हस्ताक्षर गरेको निमित्त प्रदेश निर्वाचन अधिकारी निर्मला रेग्मीले बताइन् । उनकाअनुसार मुगुका सांसद चन्द्रबहादुर शाही, जुम्लाका सांसद पदमबहादुर रोकाया र रुकुम–पश्चिमकी सांसद देवी ओलीले सनाखत गरेका हुन् ।
तीन जना सांसद एकीकृत समाजवादीमा लागेपछि एमालेको कर्णाली प्रदेशसभा सदस्य संख्या १३ मा झरेको छ । सुरूमा सभामुखसहित २० सांसद रहेको एमालेले प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारबाही गरी पदमुक्त गरिसकेको छ ।