☰ open Loading... 17 November 2024|  

मुआब्जा वितरण नसकिँदै काममा तीव्रता
  | १८ भाद्र २०७८, शुक्रबार ०५:४६

 

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम धमाधम भइरहेको छ । सुरुङ निर्माणको काम सकिएपछि अहिले आयोजनाको बाँध र विद्युत् गृह बनाउने कामलाई तीव्रता दिइएको हो ।

बाँधस्थल निर्माण र विद्युत गृहका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन र नेपालको रमण निर्माण जेभीले दोस्रो चरणको कामलाई तीव्रता दिइरहेका छन् । अहिले दोस्रो चरण अन्तर्गतको हेडवकर्स र पावर हाउस निर्माणका काम धमाधम भइरहेको आयोजनाले बताएको छ ।

आयोजनाको बाँधस्थल सुर्खेतको भेरीगंगास्थित चिप्लेमा स्वचालित गेट, पेनस्टक, स्टिल लाइनिङ, बबईमा विद्युत् गृह, टर्बाइन, विद्युतीय उपकरण र सब–स्टेसन निर्माणलगायतका काम भइरहेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर ईश्वरी तिवारीले जानकारी दिए ।

यता लालपुर्जाविहीन घरजग्गा धनीलाई के–कति रकम दिने भन्नेबारे टुङ्गो नलगाउँदा मुआब्जा वितरणमा ढिलाइ भइरहेको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको चिप्लेमा बाँध निर्माण गरी बबई नदीमा पानी खसाल्दा भेरीगंगा, गुर्भाकोट र लेकबेंसी नगरपालिकाको करिब ३२ हेक्टर जग्गा डुबानमा पर्छ । जसमध्ये आयोजना कार्यालयले हालसम्म लालपुर्जा भएका करिब ९ हेक्टर जग्गाका प्रभावितलाई मात्रै मुआब्जा वितरण गरेको ।

जग्गाको स्थिति हेरेर लालपुर्जा भएकाहरूलाई प्रतिरोपनी अधिकतम ५ लाखसम्म वितरण गरिएको सूचना अधिकारी तिवारीले बताए । उनका अनुसार डुबानमा पर्ने करिब ३२ हेक्टर जग्गामध्ये झन्डै २३ हेक्टर जग्गा लालपुर्जाविहीन छन् । आयोजना कार्यालयका अनुसार २२।८१ हेक्टर ऐलानी जग्गाको मुआब्जाको बारेमा कार्यविधिसमेत बनेको छैन