☰ open Loading... 5 February 2025|  

अवैध काठसहित चार वटा ट्रक नियन्त्रणमा
  | १८ भाद्र २०७८, शुक्रबार १९:०६

सुर्खेत -पश्चिम सुर्खेतको वराहाताल गाउँपालिकाको ओदालतालबाट प्रहरीले अवैध काठसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ । करिब दुइ हजारभन्दा बढी क्यु फिट साल जातको काठ प्रहरीले बरामद गरि डिभिजन वन कार्यालयमा बुझाएको हो ।पश्चिम बेतान कुल्लुबाट वीरेन्द्रनगर ल्याउँदै गरेको काठ प्रदेश प्रहरी कार्यालय विउरो टोलीले नियन्त्रणमा लिएको हो । १६ सय ५५ क्यु फिट काठ ल्याउने स्वीकृती लिइएपनि उनिहरुले ठुलो मात्रामा अवैध काठ ल्याउन लागेको सुचना पाएपछि प्रहरीले काठ नियन्त्रणमा लिएको छ ।

डिभिजन वन प्रमुख गोविन्द दाहालले काठ स्वीकृती लिएको भन्दा बढी ल्याएकाले भन्दै काठ कती मात्रामा छ भने अहिले नै एकिन नभएको बताए । यो काठ अन्यत्र क्षेत्रबाट आएको हुँदा आफुले कारवाही गर्न नमिल्ने बताउदै यसका लागि प्रदेश वन निर्देशनालयमा पठाइने डिभिजन वन प्रमुख दाहालले जानकारी दिए । ट्रक चालक र सहचालकलाई प्रहरीको निगरानीमा राखिएको छ ।