☰ open Loading... 17 November 2024|  

स्वास्थ्यचौकीमा पाईँदैन झाडापखालाको औषधि!
  | १९ भाद्र २०७८, शनिबार ०५:१०

भैरिकालिकाथुम स्वास्थ्यचौकीका इन्जार्ज करुणखर खत्रीले भने, यहाँ औषधि नपाउँदा स्वास्थ्य सेवा कार्यालयबाट ल्याएर काम चलाईरहेका छौं।’ पालिकाले औषधि माग गर्दा सुनुवाई नहुँदा विरामीका लागि आवश्यक औषधी समेत दिन नसकिरहेको इन्चार्ज खत्रीले बताए। उनका अनुसार यो आर्थिक वर्षमा जिल्लाबाट पनि औषधी नआउँदा अभाव भएको हो। परिवार नियोजनका साधनहरु र बच्चाहरुका लागि मात्र पर्याप्त साधन तथा औषधी रहेको जनाईएको छ।

स्वास्थ्यकर्मीहरुले उपलब्ध स्रोतसाधनबाट विरामीको उपचार गरिरहेको भएपनि औषधि अभाव हुँदा मेडिकलबाट महंगो मुल्यमा किन्नुपर्ने बाध्यता रहेको छ। गाउँमा धेरै विरामी हुने रोगका औषधिहरु अभाव भएको स्वास्थ्यचौकीले जनाएको छ। स्वास्थ्यचौकीमा नागरिक वडापत्र टाँस नभएको र निःशुल्क औषधि प्रकार समेत टाँस गरिएको छैन। वडापत्र र औषधिको प्रकार टाँस गर्ने बजेट समेत नभएकाले टाँस नभएको स्वास्थ्य चौकीका इन्जार्ज करुणखर खत्रीले बताए।

गाउँपालिकासंगै जोडिएको सुगम मानिने भैरिकालिकाथुम स्वास्थ्यचौकीको यस्तो हालत छ भने कालिकोटसंग सिमा जोडिएका स्वास्थ्यचौकीको हालत दयनिय अवस्थामा रहेको छन्। बिरामीहरु स्वास्थ्यचौकीमै राज्यद्वारा वितरण गरिएको निःशुल्क औषधी पाउनबाट बञ्चित हुने दुखद भएको नागरिक समाजका अगुवा तथा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले बताए। औषधि गाउँपा