| २० भाद्र २०७८, आईतवार ०६:०६
काबुलको अजिजी बैंकअघि खटिएका एक तालिवानी लडाकु। तस्बिर : रोयटर्स
काबुल- अफगानिस्तानको पञ्जशीरमा तालिवानले नियन्त्रण जमाएपछि ‘खुशीयाली’ मनाउने क्रममा पड्काइएको बन्दुकको गोली लागेर कम्तीमा पनि १७ जनाको मृत्यु भएको छ।
राजधानी काबुलमा तालिवानले नियन्त्रण जमाएपनि कब्जामा लिन हम्मे परेको पञ्जशीरमा नियन्त्रणमा लिएपछि तालिवानले खुशीयाली मनाउन पड्काएको बन्दुकको गोली र छर्राले उनीहरुको मृत्यु भएको रोयटर्सले समाचार लेखेको छ।
तालिवान विरोधीहरूले तालिवानलाई आफ्नो राज्य नियन्त्रणमा लिन नदिने बताउँदै आएका थिए।
‘शुक्रबार भएको गोलीबारीमा कम्तीमा पनि १७ जनाको मृत्यु भएको छ भने कम्तीमा ४१ जना घाइते भएका छन्,’ द सांसद न्युज एजेन्सीले भनेको छ।
यता तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भने गोलीबारी गर्दा नागरिकलाई क्षति पुग्न सक्ने भएकाले अनावश्यक रूपमा गोलीबारी नगर्न निर्देशन दिएका छन्।