☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

कर्णाली प्रदेशमा तीस हजार बढी कोरोना संक्रमणमुक्त
  |

सुर्खेत- कर्णाली प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीस हजार नाघेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हालसम्म प्रदेशमा ३० हजार पाँच सय ५८ जना कोरोना संक्रमणमुक्त भएका हुन ।आइतवार प्रदेशमा थप ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । कर्णालीमा अहिलेसम्म ३२ हजार सात सय ७० जनामा कोराना संक्रमण पुष्टी भएको छ । आइतवार थप तीन जनामा मात्रै कोरोना संक्रमण देखिएको हो । निर्देशनालयले प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय ४७ रहेको जनाएको छ । चार सय ९३ जना होम आइसोलेशसन र ५४ जनाको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । त्यसमध्य पाँच जनाको आईसीयू र तीन जनाको भेन्टीलेटरमा उपचार भइरहेको हो । कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण तीन सय ७० जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः सोमवार, भदौ २१, २०७८     7:19:47 AM