☰ open Loading... 25 November 2024|  

कर्णाली प्रदेशमा कोरोना कारण दुई जनाको मृत्यु
  | २५ भाद्र २०७८, शुक्रबार ०५:२२

कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्युु भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुुसार बुुधवार जुम्लाका एक जना र सुुर्खेतका एक जनाको ज्यान गएको हो । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म तीन सय ७३ जनाको मृत्युु भएको छ ।

यस्तै, बुधवार कर्णालीमा ३० जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतमा २०, जुम्लामा ६, दैलेखमा दुई, कालीकोट र सल्यानमा एक÷एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसहित अहिलेसम्म प्रदेशमा ३२ हजार आठ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३० हजार आठ सय पाँच जना निको भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार चार सय ९० जना कोरोनाका सक्रिय संक्रमित छन्।