| २७ भाद्र २०७८, आईतवार ०५:१०
नेपालगञ्ज– कोरोना संक्रमणका कारण शनिबार बाँकेमा थप दुई जनाको मृत्यु भएको छ ।भेरी अस्पताल नेपालगञ्जमा उपचाररत लमही नगरपालिका वडा नम्बर ५ दाङकी ६५ वर्षीया महिला र बाफीकोट गाउँपालिका ९ रुकुम पश्चिमका ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनु दिए ।यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३० र बाँकेमा उपचाररत अन्य जिल्लाका ४ सय ८ जनाको मृत्यु भएको छ ।