☰ open Loading... 27 November 2024|  

दैलेख बजारमा सफाइ अभियान सुरु
  | २९ भाद्र २०७८, मंगलवार १७:००

 

दैलेख- दैलेखमा सफाइ अभियान शुरु गरिएको छ ।सफाइ अभियानको शुरु गर्दै पूर्वराज्य मन्त्री  कुन्ती कुमारी शाहीले सो अभियानमा दैलेख बजारको बिच सडकको फोहोर उठाएर अभियानको शुभारम्भ गरेकी थिइन । बाग्मति सफाइ महाअभियानको प्रेरणाबाट शुरु भएको दैलेख सफाइ अभियान कार्यक्रममा बोल्दै पूर्व मन्त्री कुन्ती कुमारी शाहीले अब नागरिकमा सचेतना आउन जरुरी रहेको बताइन् । हरेक ब्यक्तीले सबैभन्दा पहिला सफाइमा ध्यान दिन आवश्यक रहेको बताउदै अब दैलेखलाई सफा सुन्दर बनाउने जिम्मेवारी हामी सबैको रहेको बताइन् ।

 

यस्तै बाग्मती सफाइ तथा मेचि महाकाली सफाइका अभियन्ता समाजसेवी चक्र बहादुर चन्द्रले आफु केही पटक बाग्मती सफाइ अभियानमा सहभागि हुँदा नागरिक स्तरको अभियानबाट निकै प्रभाबित भएको भन्दै आफुले पहिलो पटक दैलेख जिल्लामा यस किसीमका अभियानले देशमा ठुलो परिवर्तन ल्याउने विश्वास ब्यक्त गरे ।

स्थानिय नागरिक शिवराज जैसिले यो अभियान शुरु भएसँगै दैलेख बजारमा फोहोरको मात्रा बढीरहेको अवस्थामा यसकिसिमको अभियानले सबैलाई जनचेतना जगाउने र सम्बन्धित निकाएलाई पनि फोहोर ब्यबस्थापन सम्बन्धी जिम्मेवारी बोध हुने विश्वास लिएको बताए । यसकिसिमका अभियान निरन्तर संचालन हुनुपर्ने भन्दै आफुहरु पनि यो अभियानमा साथदिने बताए । कार्यक्रममा नारायण नगरपालिका दैलेखकी उपप्रमुख सबित्री मल्ल दैलेखी सेवा समाजका उपाध्यक्ष मिना थापा एभरेस्ट क्लब दैलेखका अध्यक्ष दिपक शाही लगाएतको स्थानिय नागरिक लगाएतको सहभागिता रहेको थियो ।  सफाइ अभियान स्थानिय गणेशचोक बाट शुभारम्भ भै सफाइ अभियान सहित् जनचेतनामुलक अभियान गर्दै स्थानिय देवकोटा चोकमा पुगेर समापन गरिएको थियो ।