☰ open Loading... 5 December 2024|  

कर्णालीमा तीन वर्षमा ७ सय ४५ बालबालिका हराए
  | २९ भाद्र २०७८, मंगलवार २०:०७

सुर्खेत- पछिल्लो तीन वर्षमा कर्णाली प्रदेशबाट सात सय ४५ जना बालबालिका हराएको सरकारी तथ्याङ रहेको छ।५७ औ राष्ट्रिय बाल दिवस मनाई रहदाँ कर्णाली प्रदेशमा यस्तो डर लाग्दो तथ्याङ सार्वजनिक भएको हो।सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित यस वर्षको बाल दिवस मनाइएको छ।

यसैबीच हराएकामध्ये २ सय ६७ जना बालबालिको अवस्था अझै अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।बाँकीलाई भने सुरक्षा निकाय र सामाजिक संघसंस्थाको समन्वयमा उद्धार गरेर परिवारको जिम्मा लगाएको छ।हाल सम्म ४ सय ७८ बालबालिकालाई फेला पारेरको हो भने बाँकी २ सय ६७ जना फेला पर्न बाँकी रहेका छन।तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ ३ सय ७४ बालबालिका रहेका छन भने यी मध्ये १७३ जना बालक र २०१ जना बालिका छन्।

त्यस्तै, आर्थिक वर्ष २०७६र७७ मा कर्णाली प्रदेशभर १ सय ४१ जना बालबालिका हराएका छन।यी मध्ये ६८ जना बालक र ७३ जना बालिका छन्।यस्तै गत वर्ष २ सय ३० जना बालवालिका हराएको प्रहरीको तथाङक रहेको छ।जसमा ८७ बालक जना र एकसय ४३ जना बालिका छन्।अध्ययन, रोजगारी र सुख सुविधाको प्रलोभनमा परेर कारण महिला तथा बालबालिकाहरु हराउने गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक सपना बिसीले बताउनुभयो।

उहाँले साथीभांइको लहैलहमा लागेर वा विभिन्न प्रलोभनमा परेर बालबालिकाहरु भारत जाने गरेको बताउनुभयो।दुर्गम क्षेत्रका बालबालिकालाई राम्रो शिक्षा, दिक्षा दिने नाममा अभिभावककै सहमतिमा विभिन्न शहरमा पुर्याउँदै आएका छन्। यसैबीच पछिल्ला वर्ष विश्वव्यापी कोरोना महामारीका कारण बालबालिकाको नियमित पठनपाठनमा असर पुगेको छ।दुर्गम गाउँ र बस्तीमा रहने बालबालिका अनलाइन कक्षाबाट वञ्चित हुनुपरेको अवस्था छ। अठार वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू सङ्क्रमणको जोखिममा छन।