☰ open Loading... 9 July 2025|  

थपिए १५ सय ६२ संक्रमित
  | ३० भाद्र २०७८, बुधबार ०५:१३

काठमाडौं, । पछिल्लो २४ घण्टामा देशभर १५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् ।१४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १५ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २९४ ललितपुरमा ६२ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन् ।त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।त्यस्तै १५ सय ८९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।]नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार २०२ पुगेको छ।