☰ open Loading... 29 September 2025|  

दैलेख शिक्षक हत्या प्रकरण : छिमेकी महिलाको संलग्नता
  | ३० भाद्र २०७८, बुधबार २०:२३

 

 

दैलेख – दैलेखको मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने एक शिक्षकको हत्यामा छिमेकी महिलाको संलग्नता रहेको पुष्टि भएको छ। गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक नगेन्द्र विसीको रिसिइवीका कारण घाँटी रेहेटर हत्या गरेको एक महिलाले स्वीकार गरेकी हुन् ।

 

दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार छिमेकी २५ वर्षीया मुना रानाले बिसीको हत्या गरेको पुष्टि भएको हो।छोटेपोखरास्थित घटनास्थलको पश्चिमपट्टी ३० मिटरको दूरीमा बसोबास गर्दै आएकी स्थानीय डम्बर खड्काको पत्नी मुना रानाले शिक्षक बिसीको हत्या गरेको स्वीकार गरेकी छिन्।

मुनाले शिक्षक बिसीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको भनी अनुसन्धानका क्रममा स्वीकार गरेकी छिन्’, प्रहरी प्रमुख डिएसपी श्रेष्ठले भने, ‘सोही आधारमा पीडित पक्षबाट जाहेरी दरखास्त लिइ कर्तव्य ज्यान कसुरको अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर विस्तृत अनुसन्धान थालेका छौं।

 

मृतक बिसी विगत १३ वर्षदेखि राहत शिक्षकको रुपमा मालिका माविमा कार्यरत थिए । उनी सोहि विद्यालयका पूर्व विद्यार्थी समेत हुन् । मृतक बिसीका एक श्रीमती र दुई छोरा छन् ।