| ३ आश्विन २०७८, आईतवार १४:२५
सल्यान -संविधान दिवसको अवसरमा तीनवटा विवाह गर्ने वडाध्यक्षसहित सल्यानबाट सात जनालाई माफी दिइएको छ।
संविधान दिवसको अवसरमा असल चालचलन भएका ७ जनालाई कैद सजाय मिनाहा भएको जनाइएको छ।
संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरूको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था रहेको छ। कैद मिनाहा हुनेमा ६ पुरुष र १ महिला रहेको जिल्ला कारागार सल्यानले जनाएको छ।
माफी पाउनेमा बहुविवाहका ५, कर्तव्य ज्यानका १ र हातहतियार मुद्याका १ रहेको जेलर बलबहादुर केसीले बताए। कैद माफी पाउनेमा तीनवट विवाह गरी कैद भुक्तान गरी रहेका वडाध्यक्ष र उनको कान्छी श्रीमतीसमेत रहेका छन्। तेस्रो विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्षसहित कान्छी श्रीमती २०७७ मंसिरमा पक्राउ परेका थिए।