☰ open Loading... 9 March 2025|  

राष्ट्रिय जनमोर्चा कर्णाली अध्यक्ष सहित सयौ कार्यक्रता एमालेमा
  | ३ आश्विन २०७८, आईतवार १७:२५

दैलेख । राष्ट्रिय जनमोर्चाको दैलेखको सम्प्र्ण कार्यसमिति सहित कर्णाली प्रदेशका अध्यक्षको टोली एमालेमा प्रवेश गरेको छ । आइतबार काठमाडौंमा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र दैलेख अध्यक्ष प्रेम थापाको उपस्थितमा राष्ट्रिय जनमोर्चा दैलेखका सयौ कार्यक्रताले एमाले पार्टी सँग एकता गरेका हुन् ।

राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद सदस्य चर्चित नेता भरतबहादुर शाही, जिल्ला अध्यक्ष अम्बरबहादुर नेपाली, उपाध्यक्ष कबिराज खत्री, सचिव सुरतबहादुर रावत, सहसचिव नवीन भट्टराई, साल्लाहाकार संयोजक पुर्णबहादुर शाही तथा सदस्य ओम रावल लगायत सिङ्गो जिल्ला र पालिका कमिटी सहित सयौ नेता तथा कार्यक्रताले ९नेकपा० एमाले पार्टी सँग एकिकरण गरेका छन ।