☰ open Loading... 19 November 2024|  

हावाले छानो उडाएपछि खुला आकाशमा पढ्दै विद्यार्थी
  | ४ आश्विन २०७८, सोमबार ०५:४३

 

सल्यान । जिल्लाको बनगाड कुुपिण्डे नगरपालिका –१ बेलखोलामा रहेको भैरवी निम्न माध्यमिक विद्यालयको हावाहुरीले छाना उडाएको ६ महिना बढी पुगिसक्दा समेत मर्मत हुन सकेको छैन ।२०७७ चैतमा आएको हावाहुरीले कोठे भवनको छाना उडाएको थियो ।

विद्यालयको आन्तरिक स्रोत नभएको र हावाले उडाएको भवन पनि जीर्ण भएकाले मर्मत भन्दा नयाँ भवनको लागि प्रयास गरी रहे पनि सफल हुन नसकेको प्रधानाध्यापक राम प्रसाद शर्माले बताए ।

कक्षा ४ देखि ८ सम्म उक्त भवनमा पढाई हुँदै आइरहेको थियो । कोरोनाका कारण विद्यालय बन्द भएकाले समस्या नभए पनि अब विद्यालय खुले भने समस्या हुने उहाँको भनाई छ ।

६ महिनादेखि छाना नहुँदा भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको प्रकाश बुढाले बताए । वर्षाको पानीले गर्दा दार (काठ) कुहिँदै गएको र अझै मर्मत नभए भवन नै ढल्न सक्ने उनको भनाई छ ।

यस्तै गत जेठमा आएको हावाहुरीले कालीमाटी गाउँपालिका–४ छाप डाँडामा रहेको जनचेतना प्राथमिक विद्यालयको पनि अवस्था त्यस्तै रहेको छ । हावाले उडाएको ४ महिना भइसक्दा समेत मर्मत हुन सकेको छैन ।