☰ open Loading... 3 December 2024|  

बिदेशबाट फर्केपछि यि युवा तरकारी खेतीमा रमाउँदै
  | ४ आश्विन २०७८, सोमबार १९:०२

 

यामराज बिण्ट
दैलेख- विदेशबाट फर्किएका युवा गाउँमै कृषि व्यवसायमा लाग्ने र राम्रो प्रगति गर्ने क्रम बढ्न थालेको छ । तरकारी खेती, पशुपक्षि र अन्य ब्यबसायमा लागेर दैलेखको गुराँस गाँउपालिका-८ घर भएका सुर्खेत कर्म थलो बनाएका युवा पछिल्यो समयमा उदाहरणिय बनेका छन् ।

ओमान एक बर्ष दुबई १७ महिना कतार ५३ महिना बिताएपछि घर फर्किएकासुर्खेतको भेरिगंगा नगरपालिका १२ बसोबासँ गदै आएका घनश्याम केसिले अहिले तरकारी खेती र हाँस र कुखरा पाल्दै आएका छन् । बिदेशबाट फर्केपछि सबै साथिहरु मिलेर कार्डस् कर्पोरेसन नेपाल फर्म संञ्चालन गरेका उनिहरु विदेशको दुःख सहेर फर्केपछि आफनो देशमा मेहनत खर्चिने चाहना पलाएको बताए।

 

मकवानपुरको गढि गाउँपालिका ,इलामको चुलाचुली गाउँपालिका ,रुपन्देही को सुनवल नगरपालिका
सुर्खेत को भेरिगङ्गानगरपालिका -१२ मा फर्म संञ्चालन भैरहेको र नेपाल का सबै प्रदेशहरू मा फर्म संञ्चालन गर्ने योजना रहेको घनश्याम केसिले पश्चिम नेपाललाई बताए ।

उनले भने अहिले ६वटा टनेलमा टमाटर ,भान्टा फलाइराखेको छु। पोल्ट्री पनि छ मसँग अहिले,हाँस१९८ र २०० कुखुरा छ । प्लस यो टनेल गर्दा अहिले मैले वार्षिक ४ लाख आम्दानी गरिराखेको छु । उनले तरकारी खेतिवाट आफुलाई राम्रै आम्दानी भईरहेको र आफुले गरेको तरकारी खेतिवाट बिदेश गएर गरिने आम्दानि भन्दा राम्रो भैरहेको बताए ।