सुर्खेत ।डिभिजन बन कार्यालय भेरीले ४४ थान सालको चिरान काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वन कार्यालयका प्रमुख ललित कर्णका अनुसार हिजो राती साढे दश बजे पञ्चपुरी नगरपालिकाको वडा नं. ६ बाबियाचौरमा सोही पालिका वडा नं. दुइ का शंकर नेपालीलाई काठ सहित नियन्त्रणमा लिइएको हा । तस्करीका लागि भनेर राती ल्याईदै गरेको काठ कर्णाली प्रदेश ००२–००१०० त ९४ नम्बरको टयाक्टरमा ल्याइएको थियो । नेपाली र ट्याक्टर दुवैलाई प्रहरीको सहयोगमा कार्यालयले समातेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएफओ कर्णले् बताए । ड्राइभरले घर बनाउनकालागि भनेर काठ ल्याएको भनेपनि तस्करी गर्नकालागि ल्याइएको कार्यालयको आशंका छ ।
यसैबीच, पन्चपुरी नगरपालिकामा काठ समातिएपछि केहि व्यक्तिहरुले कार्यालयमा आइ अवैध नभई वैध काठ भएको भन्दै कारवाही अघि नबढाउन दबाब दिइरहेको प्रमुख कर्णले बताए । ‘अहिले धेरैले दवाव दिइरहेका छन् । २४ देखि २५ जना यहाँ आएका थिए । मैले आवश्यक अनुसन्धान नगरी, कारवाही नगरी छोडदैन भनेपछि उहाँहरु अहिले फर्किनु भएको छ ।’ उनले भने, ‘आजै उच्च सरकारी वकिलको कार्यालयमा थप प्रक्रियाका लागि पठाइसकेको छु । कसकालागि काठ लिइएको हो, के गर्न लिइएको हो पछि अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।
| ७ आश्विन २०७८, बिहीबार ०९:५७