☰ open Loading... 16 November 2024|  

सेवा प्रवाह प्रभावकारी बनाउन नागरिक निगरानी
  | ७ आश्विन २०७८, बिहीबार १७:५६

 

 

दैलेख- सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन दैलेखमा  पत्रकार, स्थानीय नागरिक समाजले कृषि स्वास्थ ,शिक्षा क्षेत्रका गतिविधि माथि निगरानी राख्न थालेका छन्।आज नेपाल संस्था पारस्परिक जवाफदेहीता परियोजनाले दैलेखमा आयोजना गरेको कार्यक्रममा कृषि, शिक्षा क्षेत्र,स्वास्थ क्षेत्रमा भएका समस्या हरेक गतिविधिमा भएका समस्या हरेक गतिविधिमा छलफल भएको थियो ।

 

छलफल कार्याक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्रयाप्त जनशक्ति अभाव भएको र सेवा प्रभावकारी नदेखिएको गुनासो गरे ।विगतदेखि सेवाप्रवाह अपेक्षा अनुरूप नभएकोले जनगुनासो बढ्दै गएको हो ।खत्रिले भने शिक्षकको क्षमता विकास कार्यक्रम दिगो तथा गुणात्मक विकासका लागि स्थानीयस्तरमा सहकार्य गरेर बढ्न आग्रह गर्दै शिक्षा क्षेत्र ,स्वास्थ क्षेत्रमा धेरै समस्या हुने भएकोले सुधार गर्न जरुरी देखिएको बताए ।

यस्तै नागरिक सेवा निगरानीका लागि नागरिक समाज संग समन्वयात्मक छलफल कार्यक्रममा स्वास्थ क्षेत्र ,शिक्षा क्षेत्रमा कार्यालयबाट हुने सेवा प्रवाहमा प्रभावकारिताका र पारस्परिक हुनुपर्ने ,हामीले आफ्नो ठाउँबाट निगरानी गरिरहेको शिक्षक कृष्ण थापाले जानकारी दिए।
शिक्षा स्वास्थ्य क्षेत्रमा भएको समस्या लागि हामीले पटकपटक सम्बन्धित निकाय, स्थानीय सरकारलाई जानकारी दिएको सुनुवाइ भएको छैन शिक्षक थापाले गुनासो गरे ।कार्यक्रममा समाजसेवि, पत्रकार ,नागरिक समाजले सुझाव दिएका थिए।