दैलेख, – नेपाली काँग्रेसको आंसन्न १४ औं अधिवेशन नजिकिदै जाँदा दैलेखमा जिल्ला सभापतिको आकांक्षी धेरै देखीएका छन् । दुई निर्वाचन क्षे त्र रहेको दैलेखमा ४ प्रदेश, ११ स्थानीय र ९० वडा रहेका छन् । ९० वडामै सर्वसम्मत भएको वडाअधिवेशन अव पालिका, क्षेत्र र जिल्ला सभापतिका लागि आकांक्षीहरु प्रतिनिधिहरु भेट्मा ब्यस्त छन् ।
पार्टी सभापतिको आकांक्षीहरुमा पार्टी उपसभापति रिता शाही कोषाध्यक्ष पूर्णबहादुर चालिसे, पार्टी सचिव भुपेन्द्रबहादुर शाही, क्षेत्रिय सभापतिहरु गणेशप्रसाद उपाध्याय, घनश्याम भण्डारी र पार्टीका बरिष्ठ नेता मणीराम रेग्मी रहेका छन् । उनीहरुले क्षेत्रिय प्रतिनिधिहरु भेट्न थालिसकेका छन् । उनीहरुले आफु सभापति हुनुपर्ने कारण धारणासहित प्रतिनिधिमाँझ पुगेका छन् । दुई खेमा पौडेल र देउवाविच बाँडिएका सभापति आकांक्षीहरु सिंगलसिंगल भएर लड्े पौडेल खेमा बलियो देखीन्छ । तर पनि दुवै पक्षले कस्तो उम्मेदवारी उठाउने हो त्यसमा पनि प्रतिनिधिहरु आर्कषण हुनसक्ने आंकलन गरिएको छ।