☰ open Loading... 24 June 2025|  

भरुवा बन्दुकसहित एकजना पक्राउ
  | ९ आश्विन २०७८, शनिबार ०५:४३

सादा पोसाकमा खटिएको प्रहरीले जाजरकोटबाट एकजनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। भेरी नगरपालिका– ६ भेरेस्थित जंगलछेउबाट ५५ वर्षीय रगवीर घर्तीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

चोरी सिकारी गर्ने उद्देश्यले भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको डिएसपी मधुकुमार थापाले जानकारी दिए। पछिल्लो समय वन्यजन्तु चोरी, निकासी तथा सिकार गर्ने क्रम बढेपछि जिल्लामा सादा पोसाकमा प्रहरी परिचालित भएको छ।