☰ open Loading... 16 November 2024|  

अरिंगालको टोकाइबाट एकको मृत्यु
  | ९ आश्विन २०७८, शनिबार ११:१५

दैलेख-दैलेखको ठाँटिकाँधमा अरिंगालको टोकाइबाट एकको ज्यान गएको छ । ज्यान जानेमा ठाटिकाँध ५ बुढागाउँका ४८ वर्षिया देबबहादुर शाही रहेको स्थानीय सूर्यबहादुर शाहीले बताएका छन् । बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिंगालले शरीरमा टोक्दा घाइते भएका थिए ।

समाजसेवी समेत रहेका शाहीले बालबालिकाको स्कुल जाने बाटोमा अरिंगालको गोलो देखेपछि बालबालिकाकालाई असर पुरयाउने मनशायले त्यसलाई धपाउने प्रयास गरेका थिए । सोही क्रममा गम्भिर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा क्रिटिकल केयर आईसीयुमा राखेर उपचारकै क्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।