☰ open Loading... 5 December 2024|  

दुल्लुको मुख्य बजार नै हिलाम्मे
  | ११ आश्विन २०७८, सोमबार १९:४६

 

 

 

 

 

 

 

 

 

 

 

 

दैलेख, असोज ११ – दैलेखको पुरानो नगर पालिका दुल्लुको मुख्य बजार नै वर्षातभरि हिलाम्मे भएको छ । चाँदनी चौकमै हिलो जम्न थालेपछि सवारी र पैदन हिड्नेहरुलाई सास्ती भएको हो ।
चौकदेखी दुल्लु नगरपालिकाको कार्यालय ३० मिटरको दुरीमा रहेको छ । दिनहुँ नगरप्रमुखदेखी अन्य जनप्रतिनिधि त्यही हिलाम्मे सडक भएर हिड्छन् तर, हिलो सफा गर्ने कार्ययोजना बनाउँदैनन् । चौकको ३० मिटर हिलो सोर्न नसक्दा अहिले सामाजिक सञ्जालमा स्थानीयहरु नगरपालिकामाथि खनिएका छन् । मुख्य बजारको हिलो सोर्न नसक्ने जनप्रतिनिधिबाट विकासको के अपेक्षा गर्ने ? यस्तै प्रश्नले सामाजिक सञ्जाल भरिएको छ । स्थानीयका अनुसार धेरै स्थानीयहरु सडक पार गर्न लाग्दा हिलोमा लडेर घाईते समेत भएका छन् । आफु् दुई पटक मोटरसाईकल लिएर जाँदा हिलो चिप्लिएर पल्टिएको स्थानिय भिम बुढाले बताए । उनले भने, ‘नगरपालिकाको मुटु मानिने मुख्य बजार हिलोले डुब्दा मान्छे समेत हिड्न नमिल्ने भएको छ । यो भन्दा ठुलो लाज नगरपालिकाको के हुन सक्छ ।’

 

 

नगर पालिकाको आफनै डोजरदेखी टिप्परसमेत छ । नजिकैबाट ग्रावेल लिएर हाल्दा नगरपालिकाको यस्तो बेज्यत नहुँने स्थानीयहरु बताउँछन् । जनप्रतिनिधि नामका भोगी तर, काममा ईच्छाशक्ति नहुँदा सडकको विजोक भएको स्थानीयको आरोप छ । जनप्रतिनिधिहरुले दिनहुँ यहि बाटो हिड्दा समेत आखाँ नदेखेजस्तो गरेको स्थानीयहरुको बनाई छ । दुल्लुनगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजं शाहीले नगर पालिकाबाट तत्काल बनाउनका लागि नितिगत रुपमा योजना नभएको र सडक डिभिजनको ठेक्का भएको बताए ।