☰ open Loading... 7 December 2024|  

महिलाको तुलनामा ७ गुणा बढी पुरुषले गरे आत्महत्या
  | १६ आश्विन २०७८, शनिबार ०५:२६

 

 

रोल्पा — गत भदौ २५ गते रोल्पा नगरपालिका–२ सिमलबाङकी ३८ वर्षीया मनकुमारी वलीले माइती नजिकैको माडीखोलामा हामफालेर आत्महत्या गरिन् । पाछाबाङ गाउँबाट माइती जाँदै गरेकी उनले छिमेकीले देख्दादेख्दै खोलामा हाम फालेकी थिइन् ।

घटनालगत्तै परिचालित प्रहरीले शव अहिलेसम्म फेला पारेको छैन । प्रहरी नायब उपरीक्षक ९डीएसपी० नरेशराज सुवेदीले मनकुमारीको शव फेला नपारे पनि कपडा मात्रै भेटिएको बताए । फेला पारिएको कपडाको पहिचानको आधारमा परिवारले सांस्कृतिक सद्गद् र क्रियाकर्म गरेको छ । खोलाको पानी नघटेकाले शव फेला पार्न सकिएन,’ डीएसपी सुवेदीले भने ।

यसै साता सदरमुकाम लिबाङकै प्रतिष्ठित परिवारका एक पुरुषले घरमै आत्महत्या गरे । घरमा सामान्य भनाभनकै कारण करिब ४५ वर्षका ती पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यस्तै केही वर्षअघि लिबाङ बजारकै समाजसेवी भनी चिनिने एक अगुवा पुरुषले घरमै झुण्डिएर आत्महत्या गरेका थिए ।

प्रहरीका अनुसार आत्महत्या गर्नेको संख्या अघिल्ला वर्षभन्दा तुलनात्मक रुपमा बढ्दैगएको छ । प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७र७८ मा ८१ जनाले आत्महत्या गरे । त्यस वर्ष आत्महत्या गर्नेमा ४४ जना पुरुष थिए भने ३७ जना महिला थिए । पुरुषमध्ये विवाहित ३३ जना र ११ जना अविवाहित थिए ।

चालू आर्थिक वर्ष २०७८र७९ को साढे ६ महिनाको अवधिमा मात्रै जिल्लाभर ७ जना पुरुष र ६ जना महिलाले आत्महत्या गरेको प्रहरीले बताएको छ । आत्महत्या हुनुमा गरिबी, सामाजिक विभेद्, तनाव, बेरोजगारी र अभाव लगायतका कारण हुनेगरेको प्रहरीको अनुसन्धानमा भेटिएको डीएसपी सुवेदी बताउँछन् । आत्महत्याको दर अघिल्ला वर्षभन्दा वृद्धि हुनु दुखद् एवं विचारणीय भएको सुवेदीको भनाइ छ ।

प्रहरीका अनुसार अघिल्ला वर्षमा आत्महत्या गर्नेहरुको संख्या ५० देखि ७० सम्म पुगेको थियो । यो संख्या पछिल्ला वर्षमा बढ्दैगएको प्रहरीको अनुसन्धानले देखाएको छ । पछिल्लो समय बालबालिका, किशोर र वृद्ध–वृद्धासम्मले आत्महत्या गरेको पाइएको छ ।

गत वर्ष गजुलमा एक विद्यार्थीले सामाजिक सञ्जाल युट्यूबको प्रयोग गरी आत्महत्या गरेको पाइएकाले गहिरो अनुसन्धान गरिएको प्रनाउ सुवेदीले बताए । आधाभूत तहमा अध्ययनरत ती विद्यार्थीले आत्महत्या गर्नुअघि युट्यूबमा आत्महत्या गर्ने सजिलो तरिका खोजेको समेत पाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय आत्महत्या विरुद्ध विद्यालय र सार्वजनिक स्थानमा प्रहरीले जनचेतना अभियान समेत चलाउन थालेको छ । आत्महत्या बढ्न थालेपछि विद्यालय पुगेर प्रहरी अधिकृतहरुले आत्महत्या विरुद्ध जनजागरण फैलाउने गतिविधि बढाएका छन् ।