सुर्खेत । चाँडपर्व नजिकिएसँगै सुर्खेतमा मापसे चेकिङ कडाइका साथ चेकजाँच गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्देशन दिएको छ । यातायात व्यवसायीहरुसँगको छलफलमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मापसे चेकजाँचमा कडाइ गर्न निर्देशन दिएका हुन् ।
चाडपर्वमा ट्राफिक प्रहरीलाई मापसे चेकजाँचमा कडाइँ गर्न निर्देशन दिएको प्रजिअ रिजालले बताए । उनकाअनुसार दैनिक वीरेन्द्रनगरका सबै ठाउँमा कडाइका साथ कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन जारी गरिएको छ । यातायात व्यवसायीहरुको छलफलमा चाडपर्वमा यात्रुहरुको चाप बढी हुने र कोरोना महामारीको जोखिम कायमै रहेकोले स्वास्थ्यका मापदण्ड पालना अनिवार्य गराउने निर्णय गरिएको छ ।
सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित प्रशासनले चाडपर्व विशेष सुरक्षा योजना लागू गर्ने जनाएको छ।