☰ open Loading... 27 February 2025|  

सल्यानमा माइती हिँडेकी महिलाको जेसिबीको ठक्करबाट मृत्यु
  | २० आश्विन २०७८, बुधबार ०५:१४

सल्यान : बागचौर नगरपालिका–२ गैरीकी ५४ वर्षीया रामकली खत्रीको मृत्यु जेसिबीको ठक्करबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

शनिबार साँझ ५ बजे घरबाट माइती जान भनेर हिँडेकी खत्रीको शव सोही दिन बीच बाटोमा फेला परेको थियो। सल्यान प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले प्रारम्भिक अनुसन्धानबाट खत्रीको मृत्यु जेसिबीले किचेर भएको जानकारी दिए।

जेसिबी चालकलाई सल्यान जिल्ला अदालतबाट २० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले जानकारी दिए। घटना भएको दिन जेसिबीबाहेक अन्य कुनै सवारीसाधन उक्त सडकबाट नहिँडेकाले जेसिबीले नै किचेर मृत्यु भएको अनुसन्धानबाट खुलेको थापाले बताए।