☰ open Loading... 17 November 2024|  

सडक मर्मत गर्दै सेना
  | २३ आश्विन २०७८, शनिबार ०५:१२

सिमकोट- नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला सडकखण्डमा सेनाले मर्मत गर्दै आएको छ । हस्तान्तरण गरेको तीन महिनासम्म मर्मत गर्नुपर्ने नियम अनुसार सेनाले सडकको सो काम गर्दै आएको हो ।

नेपाली सेनाको विकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले उक्त सडकखण्डमा वर्खाको कारण भत्केको, पहिरोले अवरुद्ध भएको भागको मर्मत कार्य सेनाले गर्दै आएको जानकारी दिए। उनले, कर्णाली करिडोरको कालिकोटको खुलालु, लैफुदेखि लीसल्लासम्मको १२२ दशमलव चार किलो मिटर सडकको मर्मत कार्यमा सेना जुटिरहेको हो ।

यो खण्डमा बर्खामा पहिरो जाँदा तथा ढुङ्गा खस्दा चार दर्जन भन्दा बढी स्थानमा भत्केको सडकको मर्मत गर्ने कार्य तीव्र भइरहेको सेनाले जनाएको छ । नियम अनुसार सेनाले निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको तीन महिना पछिसम्म भत्केको सडकको मर्मत सेनाले नै गर्नुपर्ने भएको कारण हाल सेना करिडोरको उक्त खण्डमा काम गरि रहेको छ ।

धेरै स्थानमा खसेको पहिरो पन्छाउने कार्य भइसकेको र अब बाँकी रहेको क्षेत्रमा पनि मर्मत कार्य भइहेको छ । भीर फुटेर अवरुद्ध भएका सडकको मर्मत गरेर सडक सुचारु गर्ने कार्य भइ सकेको र बाँकी मर्मत गर्ने कार्य पनि चालु रहेको सेनाले जनाएको छ ।

वर्षाले कालिकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने सडक मध्य हुम्ला खण्डमा बढी क्षेत्री पुर्‍याएरको थियो । सडक अवरुद्ध भएपछि केही समयका लागि यातायता सेवा समेत अवरुद्ध भएको थियो । त्यसैगरी सडकको ठाँउठाँउमा कल्भर्ट बनाउने कार्य पनि सेनाले गरि रहेको छ ।