☰ open Loading... 17 November 2024|  

अवैध काईनेटिक ढुङ्गाको कारोबार गर्ने २ जना प्रहरीको नियन्त्रणमा
  | २३ आश्विन २०७८, शनिबार ०५:२५

सुर्खेत । सुर्खेतमा काईनेटिक ढुङ्गाको कारोबार हुने गरेको पाईएको छ । सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा काईनेटिक ढुङ्गाको कारोबार गर्ने दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुनीचाँदे गाउँपालिका–७ स्थायी ठेगाना भएका हाल वीरेन्द्रनगर–१२ नेवारे बस्ने ३२ वर्षीय रामकृष्ण घर्ती र वीरेन्द्रनगर–१२ नारायण टोलका जयधनी बस्नेत छन् ।

घरधनी बस्नेतको घरमै कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीका अनुसार बीनाअनुमति लुकाई राखेको अवस्थामा १९ किलो ४० ग्राम काईनेटिक ढुङ्गा बरामद गरिएको छ । त्यी ढुङ्गाको बजार मुल्य झण्डै दुई लाख रहेको छ ।