| २६ आश्विन २०७८, मंगलवार ०५:१६
सुर्खेत – दसैंको मुखमा सुर्खेतका एटीएम मेशिन बन्द हुन थालेका छन् । कतिपय मेशिन बिग्रदा सेवाग्राही मर्कामा परेका छन् ।सुर्खेतमा रहेको माछापुच्छ्रे, ग्लोबल बैंकको एटीएम पटक पटक बिग्रेका र बाहिरबाट सटर लगाएर बन्द हुने गरेका सेवाग्राहीले गुनासो गरेका हुन् ।
दसैंको मुखमा बैंकमा लामो लाइन लागेका कारण चेक साट्न गाह्रो छ । एटीएमबाट सजिलै पैसा साट्न मिल्ने भएपनि बिग्रने र बन्द रहने कारण सेवाग्राहीले गुनासो गर्ने गरेका हुन् ।
सामान्य अवस्थाका एटीएम मेशिनमा पैसा नहुँदा झन् सास्ती भएको पनि सेवाग्राहीको गुनासो छ । तर बैंक सञ्चालकले भने दसैंको बेला सेवाग्राहीको चाप भएका कारण मेशिन बिग्रने र पैसा सकिने समस्या हुने गरेको बताउँछन् ।