☰ open Loading... 18 April 2024|  

थप ७९२जनामा कोरोना संक्रमण
  | २७ आश्विन २०७८, बुधबार ०५:०७

 

काठमाडौं,  । पछिल्लो २४ घण्टा यता नेपालमा थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ६० पीसीआर परीक्षणमा ६९१ र दुई हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।

गत २४ घण्टामा ९१० संक्रमित संक्रमणमुक्त भएका छन् ।सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको मन्त्रालयले जनाएको छ ।