☰ open Loading... 20 October 2021|   बुधबार, कार्तिक ३, २०७८

ग्राहकलाई सास्ती दिँदै वाणिज्य बैंक सुर्खेत शाखा
  |

सुर्खेत- राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयले निकालेको सुचनाले गर्दा नागरिकले सास्ती खेप्नु परेको छ । दसैँको अवसर पारेर निकालेको बैंकका शाखा सञ्चालन सम्बन्धित एक सुचनाले नागरिकले सास्ती खेप्नु परेको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको वाणिज्य बैंक शाखामा ग्राहकले सास्ती खेप्दै आएका छन् । केन्द्रीय कार्यालयको सुचनाका आधारमा सुर्खेत शाखा सञ्चालन आज असोज २६ गते मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुँने भनिएको छ ।

तर, बिहानको साढे ११ बजेसम्म पनि सुर्खेत शाखा खुलेको छैन् । आफ्नो विभिन्न समस्याले चेक साट्न बैंक पुगेको तर, शाखाका कर्मचारीले ‘हामी कुनै पनि सुचनाको पालना गर्दैनौं, आफ्नो तरिकाले चल्छौं, आज बैंक बन्द हुन्छ’ भन्ने गरेको पाइएको छ । यता बैंकले भने, शाखा सञ्चालनमा आनाकानी गरिरहेको छ।

२५ गतेको कारोवारको हिसाब–किताब नमिलेको भन्दै बैंक खुलाउन र स्पष्ट जवाफ दिन आनाकानी गरिरहेको छ । ग्राहक बिहान ९ बजेदेखि नै लाइनमा बसिरहेका छन् । यसरी नागरिकको गुनासो राष्ट्रिय वाणिज्य बैंकले नसुन्दा लाइनमा रहेका बैंकका ग्राहक आक्रोषित छन् ।

प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८     5:26:10 AM