☰ open Loading... 17 November 2024|  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
  | २७ आश्विन २०७८, बुधबार ०५:४४

unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ ।

मौजुदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिमा त्याे मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले आज साेमवार जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ ।

 

अन्तिम अपडेट: असोज २६, २०७८