दशैँको अवधिभर मात्रै कर्णाली प्रदेशमा साना ठूला गरी २१ सडक दुर्घटना भएका छन। प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुर्घटनामा परी ३७ को ज्यान गाएको जनाएको छ। यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना २६ असोजमा मुगुमा भएको छ। नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको ज्यान जानुका साथै १३ जना घाइते भएका थिए। दुर्घटनामा ज्यान गुमाउनेमध्ये छायाँनाथ रारा नगरपालिकाका मात्रै २९ जना छन भने दुर्घटनाले नगरपालिका पूरै शोकमा डुब्यो। प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी जीवन लामिछानेले सुर्खेतमा भएका नौ दुर्घटनामा तीन जनाको ज्यान गएको बताउनुभयो। यस्तै २२ घाइते भएका छन भने रुकुम पश्चिम र जुम्लामा दुई जनाको ज्यान गएको छ । यस्तै दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन्। मुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा भएका एक/एक सवारी दुर्घटना भएका छन।
| ३ कार्तिक २०७८, बुधबार ०५:१५