☰ open Loading... 21 June 2025|  

भरुवा बन्दुसहित दुई जना पक्राउ
  | ५ कार्तिक २०७८, शुक्रबार ०५:४७

सुर्खेत । जाजरकोट प्रहरीले चार थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । । शिवालय गाँउपालिका–६ सुङ्गुरखालीको वडा एरियाबाट खटिएको अस्थाई प्रहरी पोष्ट थला रैकरको टोलीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउगरेको हो।। प्रहरीको नियमित गस्तीका क्रममा बन्दुक बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मावधप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार पक्राउ पर्नेमा सोही ठाउँको रिसिना बस्ने २९ वर्षीय नबिन शाही र २२ वर्षीय मनोज शाहीलाई पक्राउ गरिएको छ । नविनले शिकार खेल्दै गरेको अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेको प्रवक्ताको श्रेष्ठले जानकारी दिए ।