☰ open Loading... 21 June 2025|  

खोलाले बगाउँदा एक जनाको मृत्यु
  | ६ कार्तिक २०७८, शनिबार ०५:३८

सल्यान : सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे–११ गराका ६० वर्षका लिले बुढालाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बुढा आज (शुक्रबार) दिउँसो करिब साढे १२ बजे धान काटन जाँदा संग्रही खोला तर्ने क्रममा बगेको प्रहरी प्रमुख गोविन्द थापाले बताए।

खोलाले बगाएका बुढालाई स्थानीय तहले उद्धार गरे पनि उद्धारअघि नै उनको मृत्यु भएको उनले बताए। बुढाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ।