| ६ कार्तिक २०७८, शनिबार ०५:४४
कालिकोट : आइतबारदेखिको अविरल वर्षापछि पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग आजबाट खुलेकोे छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपद, सडक डिभिजन कार्यालय जुम्ला र स्थानीय तहको सक्रियतामा कर्णाली राजमार्ग अन्तर्गत पिलिमा गएको पहिरो हटाएपछि राजमार्ग खुलेको हो ।
पिलिमा आएको ठुलो पहिरो हटाउन प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट हेलिकप्टरमार्फत डिल मेशिन मगाइ ठुला ढुंगा फुटालेर सडक संचालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायले बताए । सडक संचालनमा आएपछि रोकिएका सवारी साधन आ-आफ्नो गन्तब्यतिर लागेका छन् ।